Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०६:०८ बिहान
- ADVERTISEMENT -

पाल्पाको रामपुरमा शहीद सूर्यप्रसाद घिमिरे अध्ययन केन्द्रद्धारा अन्तरक्रिया

प्रकाशित मिति: २०७७ मंसिर १३, शनिबार

742
Shares

रामपुर (पाल्पा), सुशीला रेग्मी, शनिबार, १३ मङ्सिर २०७७ । वर्तमान राजनीतिक अवस्था, सहिदहरुको योगदान र भुमिका विषयक अन्तरक्रिया कार्यक्रम पाल्पाको रामपुरमा भएको छ ।

शहिद सुर्यप्रसाद घिमिरे अध्ययन केन्द्रको आयोजनामा भएको कार्यक्रमको उद्घाटन प्रदेश सांसद तथा नेपाली कां’ग्रेस पाल्पाका सभापति बिरबहादुर रानाले गर्नुभएको थियो । संस्थाका अध्यक्ष लक्ष्मण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद रानाले जुनसुकै सहिदले बलिदान दिएका छन्, ती सहिदले आफ्नो परिवारका लागि नभएर सिंगो मुलकको लागि बलिदान दिएका छन् ।

तर, ती महान् सहिदको योगदानलाई राज्यले स्मरण गर्नुपर्ने बताउनुभएको छ । सांसद रानाले देशमा कोरोनाको नाममा भ्रष्टाचार बढेको, सर्वहरा जनतालाई भोकै राखेर समृद्धिको कुरा गर्ने सरकारले जनताको दुखमा प्रभावकारी भुमिका खेल्न नसकेको बताउदै प्रतिपक्षीमा रहेपनि मुलुकको विकासका लागि कांग्रेसले राम्रोलाई राम्रो र नराम्रोलाई सधै खबरदारी गरिरहेको बताउनुभएको छ ।

रामपुर नगरपालिकाका प्रमुख तथा संस्थाका सल्लाहकार रमणबहादुर थापाले सहिद सुर्यप्रसाद घिमिरेको योगदानलाई नगरपालिकाले सदैव सम्झिरहेको बताउदै सरकारले देशको लागि लड्दै गर्दा ज्यान गुमाएका सहिदको नाममा केही गर्न नसक्दा दुख लागेको बताउनुभयो । विचार र आस्था आ आफ्नो ठाउमा भएपनि लोकतान्त्रिक पद्धतिमा रहेर काम गर्नुपर्ने बताउनुहुदै नगर प्रमुख थापाले जनताको ईच्छा र भावना विपरीत कार्य नगर्ने बताउनुभयो । उहाँले नगरले खरको छानोरहित नगर, युवा स्वरोजगार कार्यक्रम, कृषिमा अनुदान, पर्यटकिय तथा धार्मिक क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन जस्ता कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिनुभयो ।

नगरपालिकाका उपप्रमुख तथा संस्थाका सल्लाहकार विष्णुदेवि घिमिरे आचार्यले देश र जनताको लागि लड्दै गर्दा सहिद हुनुभएका सुर्यप्रसाद घिमिरेको योगदानको कुनै पनि निकायबाट कदर नभएको र पछिल्लो समय स्थानीय सरकार रामपुर नगरपालिकाले सहिदको सपना साकार बनाउने कार्यमा लागेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रिय महामन्त्री युवराज पाण्डेयले विदेशमा अध्ययन गरेर नेपाल फर्केका विद्यार्थीलाई सरकारले नहेरेको बताउदै सरकारले शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको बताउनुभएको छ । उहाँले कोरोना भाइरस (कोभिड-१९) ले लामो समय सम्म शैक्षिक क्षेत्र ठप्प रहदा लाखौ विद्यार्थीको पढाइ प्रभावित भएको बताउदै शैक्षिक क्षेत्रको विकास भएमा समग्र देशको विकास हुने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष मनबहादुर नेपालीको स्वागतबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य रामप्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकाल, हजिलदिन मिया, रामपुर नगरपालिका वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने, नेपाल तरुण दल पाल्पाका सह सचिव कुमार खाँण, बुद्धिप्रकाश रेग्मी, गोविन भट्टराई, पिताम्बर भण्डारी लगायतले बोल्दै २०४६ सालको जनआन्दोलनका सहिद सुर्यप्रसाद घिमिरेले देश र जनताका लागि लड्दै गर्दा सहिद हुनु परेको तत्कालीन घटनाको स्मरण गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -