Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:४८ बिहान
- ADVERTISEMENT -

कोभिड-१९ ले रोकिएको मनकामना केबुलकारको सेवा छिट्टै सञ्चालनमा आउँदै

प्रकाशित मिति: २०७७ मंसिर ९, मंगलबार

551
Shares

काठमाडौं, मंगलबार, ९ मङ्सिर २०७७ । कोभिड-१९ ले रोकिएको मनकामना केबुलकारको सेवा छिट्टै सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा लि ले कोभिड-१९ को कारणले विगत आठ महिनादेखि ठप्प रहेको देशकै पहिलो मनकामना केबुलकार स्वास्थ्य सतर्कता अपनाउँदै छिट्टै सञ्चालनमा ल्याउने भएको छ ।

कम्पनीले मनकामना केबुलकार २३ औं वर्ष प्रवेश गरेको उपलब्धमा एक विज्ञप्ति जारी गर्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाएर केही समयभित्रै सञ्चालनमा ल्याउने जनाएको छ ।

कम्पनीका अनुसार २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केबुलकारको यात्रा गरेका छन् । केबुलकारले स्ट्यान्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका कार्यान्वयनमा ल्याउने गरी स्थानीय तह र उद्योगी व्यवसायीस“ग समन्वय गरिरहेको जनाएको छ । पहिला स्थानीयको सुरक्षाका लागि समेत हामीले केबुलकार नखोलिएको तर अहिले स्थानीय उद्योगी, व्यवसायी पनि केबलकार खोल्ने खबरले उत्साहित भएकोले स्थानीय तहको स्वीकृतिमा केबुलकार छिट्टै नै खुला गरिने कम्पनीले जनाएको छ ।

कोभिडपछिका दिनमा केबुलकारको टिकट अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । ई-सेवामार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् ।

फोन पेमार्फत टिकट काउन्टरबाट टिकट लिन सक्ने बताइएको छ । सुगमदेखि दुर्गम क्षेत्रसम्म इ-पेको पहु“च पुगिसकेको छ । नगदरहित कारोबार, यात्रु सेवा सहजतासँगै भीडभाड कम हुने गरी सेवा दिने तयारी रहेको कम्पनीले जनाएको छ ।

‘कम्पनीले यात्रु र आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुख्य ढोकादेखि नै हेल्थ स्क्रिनिङको तयारी गर्नुका साथै प्रत्येक घन्टा डिसइन्फेक्ट गर्नेछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गरिनेछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -