गोरखा, मंगलबार, २ मंसिर २०७७ । गोरखामा एक जनाको मृ´त्युु भएको छ ।
गोरखा अस्पतालमा मंंगलबार विहान ७ बजे ८३ वर्षीय पुरुषको कोरो´ना संक्रम´णको कारण मृ´त्यु भएको हो ।
गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीका कोरोना संक्रमण पु´ष्टि भएपछी अस्पताल भर्ना भएका उक्त वृद्धको आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उक्त वृद्ध फोक्सोको क्यान्सर दीर्घरोगी समेत भएको अस्पतालले उल्लेख गरेको छ ।
उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने छ । साथै, यो सहित गोरखामा कोरोनाको कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।









































