Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१०:१९ बिहान
- ADVERTISEMENT -

हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न सुरु

प्रकाशित मिति: २०७७ मंसिर २, मंगलबार

801
Shares

लमजुङ, २  गते  मन्सिर । हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् ।

दिउँसोदेखि निरन्तर हिउँ परेपछि मनाङमा चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार सोमबार दिउँसोबाट हिउँ परिरहेको छ । 

मनाङको माथिल्लो क्षेत्रमा बढी र तल्लो क्षेत्रमा केही मात्रामा हिउँ परेको उहाँले बताउनुभयो । मनाङमा पहिलो पटक ठूलो मात्रामा हिउँ परेको र चिसो बढ्न थालेको बताउनुभयो । ‘गाउँघरमा बस्तीमै हिउँ परेको छ । डाँडाकाँडा हिउँले ढाकिएको छ । चिसो बढ्दैछ’ उहाँले भन्नुभयो, ‘चिसोले जनजीवन प्रभावित हुन थालेको छ ।’

मनाङको माथिल्लो क्षेत्रमा बढी मात्रामा हिउँ परेको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमि गाउँपालिकाका गाउँबस्तीमा भने धेरै मात्रामा हिउँ परेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार सोमबार दिउँसोबाट परेको हिउँले जनजीवन प्रभावित हुन थालेको छ । चिसो बढ्न थालेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने हुम्डे, मनाङ, ङावल, घ्यारुलगायतका ठाउँमा हिउँ परेको उहाँले बताउनुभयो । स्थानीयका अनुसार माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीका अनुसार सोमबारबाट मनाङमा हिउँ परिरहेको छ । दुई हजार ८०० मिटरदेखि माथिका क्षेत्रमा हिउँ परिरहेको हो । उहाँका अनुसार माथिल्लो क्षेत्रका केही बस्तीमा करिव दुई फिटसम्म हिउँ जमेको छ । हिउँ पर्न थालेपछि चिसो बढेको र मनाङको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म  छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -