Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:१५ बिहान
- ADVERTISEMENT -

सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात अन्तुमा पर्यटक आकर्षण बढ्यो

प्रकाशित मिति: २०७५ कात्तिक २९, बिहीबार

2197
Shares

मङ्गलबारे, २९ कात्तिक

सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात मानिएको पूर्वी इलामको अन्तुमा पर्यटक आगमनमा वृद्धि भएको छ । मौसममा सुधार आएसँगै अन्तुमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै ठाउँ नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन शासक लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावासयिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीलगायतले प्रख्यात छ । अन्तु पोखरीको सुधार गर्दै स्थानीयवासीले पोखरीमा डुङ्गा चलाएपछि पर्यटक थप आकर्षित भएका छन् । डुङ्गा सञ्चालनबाट पर्याप्त आम्दानी भइरहेको स्थानीयवासी खगराज घिमिरेले बताउनुभयो ।

यस क्षेत्रको हरेक डाँडाबाट कञ्चनजङ्घा हिमाल, सीमापारिका दार्जिलिङ, खरसाङ, मिरिकलगायत ठाउँ नियाल्न सकिने भएकाले अन्तुले पर्यटकलाई लोभ्याएको छ । जातीय झाँकी, पुरातात्विक वस्तुको सङ्ग्रहालय, पुष्प र कृषि प्रदर्शनीले पनि पर्यटकलाई आनन्दित तुल्याएको छ । अन्तु पर्यटन विकास केन्द्रले पर्यटकलाई बस्न र घुम्नका लागि उचित प्रबन्ध मिलाएको छ । गोर्खाको सिरुबारी र लमजुङको घलेगाउ“पछि अन्तुलाई नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सूचीमा राखेपछि पर्यटक आउने क्रम बढेको पर्यटन विकास केन्द्र अन्तुका अध्यक्ष धनकुमार आलेले बताउनुभयो ।

विसं २०६० देखि यहाँ निरन्तर महोत्सवको माध्यमबाट पयर्टक आकर्षण बढाउने काम भइरहेको छ । अन्तुमा पयर्टन बोर्ड, जिल्ला समन्वय समिति, सूर्योदय नगरपालिकालगायत सरोकारवालाको सहयोगमा पोखरी मर्मत, विश्रामस्थल निर्माण र भ्यू टावर निर्माण, प्रचारप्रसारका काम हुँदै आएका छन् । भ्यूटावर निर्माण पछि यहाँबाट सूर्योदय हेर्न दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् । भ्यू टावरका कारण पर्यटकको आगमनमा वृद्धि भएको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो ।

अन्तु पोखरीमा डुङ्गा सञ्चालन, खेलकूद, सांस्कृतिक र साहित्यिक कार्यक्रम नियमित सञ्चालन गरिँदै आएको छ । अन्तु र समालबुङका घरवासको समेत व्यवस्था गरिएको अध्यक्ष आलेले बताउनुभयो । मेची राजमार्गको फिक्कलबाट करीब १३ किलोमिटर पूर्वको रमणीय स्थान अन्तुमा पुग्न सडक निर्माण गरिएको छ । फिक्कलको छिपिटारबाट अन्तु पुग्न सकिन्छ । पशुपतिनगर बजारहुँदै भारतीय सडक प्रयोग गर्दै छब्बिसेबाट गुफापातलको अवलोकनपछि पनि अन्तु पुग्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -