बागलुङ, बुधबार, २६ कात्तिक २०७७ । बागलुङ बजार खु’लेको छ । कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ मा गरिएको बन्दा’बन्दी हिजोदेखि हटेको छ ।
जिल्ला प्रशा’सन कार्यालयले तत्काललाई बन्दा’बन्दी हटेपनि केही प्रतिब’न्धहरु भने कायमै रहेको जनाएको छ । अर्को निर्णय नहुञ्जेलसम्मका लागि शैक्षिक संस्था, तालिम, सम्मेलन, गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, पुस्तकालयलगायत भीडभाड हुने क्षेत्र बन्द रहने जनाइएको छ ।
साथै, नजिकिँदै गरेका तिहारलगायतका पर्व आफू रहेकै स्थानमा घर परिवारका सदस्यसँग मात्र सिमीत रही मनाउन प्रशासनले आग्रह गरेको छ । देउसीभैलोसहित आतिसबाजी, पटकालगायत विष्फोटक पदार्थको बिक्री र प्रयोगमा पनि रोक लगाइएको छ ।
बन्दा’बन्दी अन्त्य भएसँगै सेवा, बजार र यातायात पूर्व’वत् रुपमा खुलेको छ । सङ्क्रम’णको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले यही १७ गतेदेखि एक साताका लागि बाग’लुङ बजारमा बन्दा’बन्दी गरेको थियो ।
होटल, रेष्टुराँमा पनि सामाजिक भोज, भेला आदि गर्न नपाइने भएको हो । छोटो तथा लामो दुरीका सवारीसाधन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार चलाउन प्रशासनले अनुरोध गरेको छ । सबै सेवा, व्यवसाय तथा कार्यहरु सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न भनिएको छ ।









































