गोरखा, सोमबार, २४ कात्तिक २०७७ । गोरखामा क्रियाशिल गैर-सरकारी संस्थाहरुले जिल्ला भित्र कार्यक्रम संचालन गर्दा अनुमति लिनुपर्ने भएको छ ।
जिल्ला समन्वय समिति गोरखाद्वारा जिल्लामा क्रियाशिल गैर-सरकारी संस्थाहरुलाई जिल्ला भित्र कार्यक्रम संचालन गर्दा सम्बन्धित स्थानीय तह, वडा कार्यालय, गाउँ तथा नगरपालिकाको अनुमति लिएर मात्रै संचालन गर्न पाउने भएका छन् ।
जिल्ला समन्वय समितिमा आईतवार भएको गैर-सरकारी संस्था महासंघ र समन्वय समितिका पदाधिकारी बिचको छलफलमा उक्त निर्णय गरिएको हो ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेकाले त्यस्ता ठाउँमा कार्यक्रम संचालन गर्दा स्थानीय कर्मचारीबाट नै सम्पन्न गराउने, कोरोना महामारी नियन्त्रण र रोकथाममा गैरसरकारी संघ संस्थाहरुले सक्रिया रहने, बैठक, तालिम, गोष्ठी भर्चुअल गर्न गराउनअनुरोध गरिएको समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले जानकारी दिनुभयो ।
आचारसंहिता










































