तनहूँ, आइतबार, २३ कात्तिक २०७७ । रमणीय पर्यटकिय गन्तव्य मानहुँकोटमा रमाइलो ग्रुपद्वारा डस्बिन ठाउँ-ठाउँमा राखेका छन् । तनहूँ जिल्लाको सदरमुकाम दमौलीबाट दक्षिण पश्चिममा पर्ने मानुङ कोट, प्राकृतिक दृष्याबलोकन गर्न रुचाउनेहरुको लागि राम्रो गन्तब्य हो ।
साविक जामुने गाविस वडा नंं १ मा पर्ने मानुङ कोट हाल व्यास नगरपालिका वडा नं ५ मा पर्दछ । सदरमुकाम दमौलीबाट दुई पांग्रे सवारीमा करिब २० मिनट, बसमा करिब आधाघण्टा र पैदल एक देखि सवा एक घण्टामा मानुङकोट पुग्न सकिन्छ । मौसम बदलिँदो छ। बिहान बेलुकी चल्ने हावा चिसिँदै गएको छ। जाडो मौसम सुरुवातको संकेत कुहिरोले पनि दिन्छ ।
हाल कुहिरोका कारण आकर्षणको केन्द्र बनेको छ तनहुँको मानुङ कोट । कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका कारण प्रभावित पर्यटन क्षेत्रलाई केही राहत दिँदै आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ उक्त क्षेत्रमा ।
चहलपहल बढेसँगै मानुङ कोटमा फोहरमैला पनि व्यवस्थित हुन नसकेको अवस्थामा पोखराका एक युवा समुहले मानुङ कोटमा डस्विन राखिदिएको छ । पोखरा महानगरपालिका वडा न १० १५ का गुरुङ मगर रमाइलो ग्रुपका समुहले १२ थान डस्बिन राखिदिएको हो । गुरुङ मगर रमाइलो ग्रुपका समुहका रेशम राना मगरले फेसवुक टिकटकमा सबैले मानुङ कोटको तस्विर सङसगै फोहोर मैला पनि नगरिदिनु होला भन्ने जस्ता समाचारहरु देखे पछी डस्विन नै किन न राखिदिने भन्दै सोच आएपछी साथीहरु सँग छलफल गर्दा सबैले सहयोग गरेपछी आफुहरु सफल भएको बताउनु भयो ।
समुहका अर्का सदस्य आश गुरुङले मानुङ कोटमा डस्विन राख्ने अभियान सफल रहेको बताउदै डस्बिन सौजन्य गरिदिने सवैलाई धन्यवाद दिनुभयो । गुरुङले भन्नुभयो, उदेश्य बिनाको घुमाईको कुनै महत्व छैन, हाम्रो उदेश्य मानहुकोटमा घुम्नुका साथ साथै डस्बिन पनि राखि त्यहाको सौन्दयलाई पनि अझै खारिदिउ भनेर अभियानको सुरुवात गरेका हौ । हर कोही मानहुकोट पुगेर तस्विर टिकटक राख्न आतुर हुन्छ्न तर, आफु संगै लगेका फोहोर पनि मिल्काएर जान्छन ।
डस्विन राख्नुका उदेश्य पनि यही हो, अव्यबस्थीत फैलिएका फोहोरहरु केन्द्रित गरेर व्यवस्थित गर्नु । हाम्रो कामले पक्कै पनि अरुलाई पनि यस्ता कार्यमा पोत्साहन मिल्ने कुरामा विश्वास छ। व्यास ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले डस्बिन राखिदिने समुहलाई धन्यवाद दिएका छन् । घुम्न मात्र नभई सामाजिक कार्यमा युवाहरुको सहभागिता प्रंशशनीय रहेको बताउनु भयो ।
मानुङकोट पुग्नका लागि कच्ची सडक खुलिसकेको छ । अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक पक्की बनाउन ठेक्का सम्झौता भएर काम अघि बढिसकेको व्यास ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन् । ‘यहाँ अहिले खाजाघरहरु खुलिरहेका छन्। रोड पक्की हुँदै छ,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘गतवर्ष हामीले छेउपट्टिको भागमा भीर भएकोले रेलिङ हाल्यौँ ।
उहाँले गण्डकी सरकार र नगरपालिका मिलेर विभिन्न पर्यटकीय संरचना बनाउने, पर्यटकीय गतिविधिका कार्यक्रमहरू पनि गर्ने तयारीमा रहेको बताउनु भयो ।









































