लमजुङ, शनिबार, २२ कात्तिक २०७७ । लमजुङको दोर्दी गाउँपालिका बेरोजगार युवालाई सीप सिकाउँदै, स्वरोजगार बनाउन लागिपरेको छ ।अहिले गाउँपालिकाले प्रतिरोधी सहरी भवन निर्माणसम्बन्धी एक हप्ते (कात्तिक २१ देखि २७ गतेसम्म) डकर्मी तालिम सञ्चालन गरेको छ ।
विदेशबाट फर्किएका, घर-गाउँमै रहेका बेरोजगार युवालाई सीपमुलक तालिम प्रदान गरी गाउँघरमै स्वरोजगार बनाउनका लागि अहिले गाउँपालिकाले युवालाई डकर्मी तालिम प्रदान गरिरहेको छ । गाउँपालिकाको रोजगार शाखाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
स्थानीय युवाको हातमा सीप भएमा उनीहरुले घरगाउँमै रोजगार पाउन सक्छन्’, उहाँले भन्नुभयो, ‘बेरोजगार युवालाई गाउँघरमै स्वरोजगार बनाउन उनीहरुलाई सीपमूलक तालिम प्रदान गरिएको हो ।’गाउँपालिकाका प्रत्येक वडाका तीन जना गरी २७ जना तालिममा सहभागी भएको रोजगार शाखाका संयोजक धर्म गुरुङले बताउनुभयो । ‘यस क्षेत्रमा धेरै भौतिक संरचना निर्माण हुँदैछन् ।
ज्ञान, सीपबिना रोजगारी सिर्जना गर्न नसकिने भएकाले सीप सिकाइ स्थानीय युवालाई गाउँघरमै स्वरोजगार बनाउनका लागि तालिम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।









































