गोरखा, शुक्रबार, २१ कात्तिक २०७७ । गोरखामा तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ ।
दोस्रो पर्ब तिहारहको अबसरमा आयोजना हुने देउसी भैलो जस्ता कार्यक्रमले भिडभाड तथा जमघट हुदा कोरोना संक्रमण बढ्न सक्ने भएकाले खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आज एक सूचना जारी गर्दै प्रशासनको आग्रहलाई परिपालना गरि कोरोना संक्रमण नियन्त्रण, रोकथाम, तथा जोखिम न्युनीकरणमा आबश्यक सहयोग तथा सहजीकरण गरिदिन जिल्लामा क्रियाशिल राजनीतिक दल, स्थानीय तह, सामजिक संघसंस्थ लगायतलाई अनुरोध गरिएको छ ।









































