गोरखा, सोमबार, १७ कात्तिक २०७७ । गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित थप ३३ जनामा आज कोरोना संक्रमणको पुष्टी भएको छ ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईसंगै जिल्लाका ५ स्थानीय तहमा कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कोरोना संक्रमण पुष्टी भएपछि प्रमुख जिल्ला अधिकारी भट्टराई घरमै होम आइसोलेसनमा रहनु भएको जिल्ला प्रसासन कार्यालय गोरखाका सूचना अधिकारी हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।
अन्य संक्रमण पुष्टी भएकाहरुमा गोरखा नगरपालिका गोरखा नगरपालिकाका १० जना, पालुङटार नगरपालिकाका ८ जना, शहिद लखन गाउँपालिकाका ४ जना, आरुघाट गाउँपालिकाका १ जना, अजिरकोट गाउँपालिकाका ७ जना, आँपपिपल अस्पतालमा उपचारका लागि पुगेका १ जना तथा प्रमुख जिल्ला अधिकारी र उहाँकी ४२ बर्षकी श्रीमतीलाई कोरोना पुष्टी भएको हो ।









































