Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:३४ बिहान
- ADVERTISEMENT -

पर्यटकीय नगर सराङकोटमा खानेपानी आयोजना शुभारम्भ

प्रकाशित मिति: २०७७ कात्तिक १६, आइतबार

574
Shares

गण्डकी, आइतबार, १६ कात्तिक २०७७ । लामो समयदेखि खानेपानीको चरम समस्या भोगेका पोखरा महानगरपालिका वडा नं. १, २ को उत्तरी भेग र १८ को दक्षिणी क्षेत्रका सर्वसाधारणले आगामी एक बर्ष भित्र खानेपानीको सुविधा पाउने भएका छन् ।

पहिलोचरणमा तीनवटै वडाका एक हजार घरधुरीमा खानेपानी सुविधा पु¥याउने लक्ष्यका साथ पोखरा महानरपालिकाको दुई करोड ५५ लाख १५ हजार ७०० र नेपाल खानेपानी संस्थान पोखरा शाखाको ८६ लाख सात हजार ७७८ रुपैयाको लागतमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।

पोखराको खानेपानी वितरण गर्दै आइएको विन्ध्यवासिनीको पानीट्याङ्कीबाट २.८५ किलोमिटर मुख्य पाईपलाईन विस्तार गरि लिप्mिटङ प्रविधिबाट सराङकोटमा जम्मा गरि गरि वितरण गर्न लागिएको हो ।

सो खानेपानी योजनाको आज शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानेपानीको पहुँचमा सम्पूर्ण महानगरवासिलाई पु¥याउने लक्ष्य अनुरुप योजना अघि बढाइएको बताउनुभयो । योजनालाई समयमै सम््पन्न गर्न स्थानीय वासिको जागरुक्ता आवश्यक हुने वताउँदै उहाँले निर्माण व्यवसायिले पनि जिम्मेवारीता र इमान्दारीता निभाउनु पर्नेमा जोड दिनुभयो ।

“जनताले तिरेको करबाट खानेपानी योजनाका लागि आर्थिक सहयोग गरेको हो” प्रमुख जिसीले भन्नुभयो,“महानगरले योजना सम्पन्न गर्ने संस्थानले पानीको शुल्क लिने व्यवस्थाको अन्त्य गरि एकद्धार प्रणाली आवश्यक छ ।” पोखरा महानगरपलिका वडा नं १ का वडाअध्यक्ष शारदा पराजुली, २ का रामेश्वर मल्ल र १८ का रणबहादुर थापाले वडा भित्र लामो समयदेखि स्थानीय वासिले भोग्नु परेको खानेपानीको समस्या योजना सम्पन्न भएसंगै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल खानेपानी संस्थानका बसन्त भण्डारीले योजना तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै संस्थाले महानगरका १९ वटा वडामा खानेपानीको सुविधा पु¥याउँदै आएको र अन्य वडाहरुमा पनि शुद्ध खानेपानीको व्यवस्थामा गरिने जानकारी दिनुभयो ।बताउँदै
सराङकोट खानेपानी आयोजना समन्वय समितिका संयोजक दिनेश श्रेष्ठका अनुसार सो योजना सम्पन्न भएसंगै वडा नं. १ को सिमपानी, २ को हिमालीटोल र १८ का अधेरीकुना, थम्की, लामाखेर, लामागाउँ, मिरुवा, घरेलु, पिपलडाँली, विन्ध्यश्वरीपाखा, र पोखरावेशीका वासिन्दालाई खानेपानी सुविधा पुग्ने छ ।

सराङकोटस्थित घरेलुमा ७५ हजार र ठोट्नेखोला सामुदायिक वनको जौवारीमा निर्माण गरिने पाँच लाख लिटर क्षमताको छुट्टाछुट्टै दुई वटा पानी ट्याङकीबाट ८.९२ किलोमिटर वितरण लाईन विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।

महानगरपालिका अन्तर्गतको योजना आगामी २०७८ आसोजमा सम्पन्न गर्ने गरि कृपा कन्स्टक्सन भरतपुर चितवन र २०७८ असार महिनामा सकने गरि संस्थानको पराजुली, सावित्री नौघरे जे.भी.निर्माण कम्पनीसंगै सम्झौता गरिएको छ ।

गण्डकी प्रदेश सरकारले शुरु गरेको एक घर एक धारा अभियानलाई आयोजनाले सहयोग पुग्ने विश्वास लिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -