गोरखा, सोमबार, ३ कात्तिक २०७७ । सवै सार्वजनिक यातायात व्यवसायीहरुलाई पुरानै भाडादर कायम गर्न गोरखा प्रशासनको आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले लामो तथा छोटो दुरीमा चल्ने सबै सार्वजनिक यातायात व्यवसायीहरुलाई गत चैत अगावै कायम भएको भाडादर मात्र लिएर सवारी चलाउन व्यवसायीलाई निर्देशन दिएको छ ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै संक्र’मण रोक्न यसअघि तय गरिएको अनुसार बढी भाडा नलिन र पुरानै भाडादर लिएर सिट क्षमता अनुसार मात्र यात्रु बाक्ने पनि प्रसासनले भनेको हो ।
त्यसैगरी, प्रशासनले कोरोना संक्र’मणको जोखिमका बिचमा पनि चाडवाडका बेला बिगतमा जस्तै भी’डभाड गर्ने नाँ’चगान गर्ने, भे’ला हुने लगायतका कार्य भइरहेको जानकारी आएको भन्दै त्यस्ता कार्य नगर्न नगराउन पुनः सचेत गराएको छ ।
प्रमुख जिल्ला अधिकारी भट्टराईद्धारा जारी सूचनामा बिभिन्न धर्मालम्बीहरुले आ–आफ्नो च’र्चा, म’स्जिद, गुम्बाहरुमा भेला गर्ने गरेको सूचना प्राप्त भएको भन्दै तत्काल त्यस्ता कार्य रोक्न आ’ग्रह गरिएको छ ।
त्यस्तै, चाडबाडका बेला पिङ न’हाल्न र संक्रमणको बेला जोखिम न्युनिकरणमा सहजीकरण गरिदिनु स्थानीय राजनीतिक दल, नागरिक समाज, संघ’सस्थालाई प्रशासनले आग्रह गरेको छ ।









































