Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:५६ बिहान
- ADVERTISEMENT -

पर्यटन प्रवद्र्धन गर्न ‘बस टू एभरेष्ट टूर’

प्रकाशित मिति: २०७७ कात्तिक २, आइतबार

581
Shares

काठमाडौं, आइतबार, २ कात्तिक २०७७ । ट्रान्स सोलुसन नेपाल र एभरेष्ट एडभेञ्चर एण्ड इन्फोटेन्मेन्ट प्रालिले ‘बस टू एभरेष्ट टूर’ सञ्चालन गर्ने भएका छन् ।

१२ देशका पर्यटकलाई लक्षित गरी आयोजना गर्न लागिएको टूर प्याकेजमा पर्यटकले बसबाटै सगरमाथाको बेस क्याम्पसम्म यात्रा गर्न पाउनेछन् । यस्तो प्याकेज अप्रिलदेखि सुरु भएर सेप्टेम्बरसम्म ६ महिना चल्नेछ ।

नेपालको पर्यटनको विकास र प्रवद्र्धन गर्न नयाँ अवधारणा आवश्यक भएकोले यस्तो टूर प्याकेज सञ्चालन गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । टुर म्यानेजर ट्रान्स सोलुसन नेपालका डाइरेक्टर धर्मेन्द्र सापकोटाले यस्तो टुर देशअनुसार कम्तीमा २३ दिनदेखि बढीमा ६५ दिनसम्मको हुनेछ ।

पर्यटकलाई फाइभस्टार होटलमा राख्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटक नेपाल आउने मुख्य उद्देश्य राखेर सञ्चालन गर्न लागिएको यो टुर प्याकेजमा आएका पर्यटकलाई काठमाडौंदेखि सगरमाथाको बेस क्याम्पसम्म जहाजमा लाने र फर्कंदा आफँै टिकट काटेर वा टुर सञ्चालकसँग समन्वय गरेर बसमा फर्कन पनि पाउने आयोजकले जनाएको छ । यस्तोे टुरमा सबैभन्दा सस्तो २३ रातका लागि प्रतिव्यक्ति ६ हजार ५ सय ५१ अमेरिकी डलर तोकिएको छ । यो खर्चमा पर्यटकले एभरेष्ट–चाइना–उत्तर कोरिया–सोल यात्राका साथै खाने, बस्नेलगायत सुविधा पाउनेछन् ।

सबैभन्दा महँगो १६ हजार ५ सय २१ अमेरिकी डलरको छ । यो टुर गर्न ५७ दिन लाग्नेछ भने पर्यटकले एभरेष्ट–पोल्याण्ड–मिलान यात्रा गर्न पाउनेछन् । यात्राका लागि टूर सञ्चालकले युरोपको युरो फिट कम्पनीसँग बसको लागि सम्झौता गरेको छ ।

उक्त कम्पनीसँग १२० वटा अत्याधुनिक सुविधासम्पन्न बस रहेको पनि सापकोटाले बताउनुभयो । टुर प्याकेजअन्तर्गत नेपाली पनि बसमै लण्डनसम्मको यात्रा गर्न पाउने अवसर पाउनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -