गोरखा, बुधबार, २८ असोज २०७७ । गोरखाका बिधालयलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेस तरूण विभागको केन्दिय सदस्य, नेपाल तरूण दल गोरखाका पूर्व जिल्ला सभापति एंब नेपाली काॅंग्रेस जिल्ला कार्य समिति सदस्य युवा नेता धुव्र पन्तले गोरखा नगरपालिका वडा न १२ स्थित महेन्द्र उच्च मा. बि, शान्ति प्रा बि र नव ज्योति प्रा बि मा माक्स १२०० / १२०० पिस र सेनिटाइजर ५ /५ लिटर सहयोग गर्नु भएको छ ।

साथै, तरुण दल गोरखाका जिल्ला सदस्य सुरेन्द्र कुमाल र क्षेत्रिय उपाध्यक्ष किरण आले लगायत अन्य महानुभावको उपस्थितिमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।



















