कपिलवस्तु, मंगलबार, २७ असोज २०७७ । कपिलवस्तुमा दुर्गा पूजाको माग गर्दै प्रजिअ वि’रुद्ध नै उच्च अदालतमा मु’द्दा दायर गरेको छ । कोरोना संक्रम’णको जोखिमलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयले यस वर्ष दशैंमा दुर्गा मूर्ति बनाउन, पूजाआजा र बिसर्जन गर्न रोक लगाउँदै गत शुक्रबार सूचना प्रकाशित गरेको थियो ।
प्रशासनले सर्वपक्षीय बैठक गरेर सतर्कता अपनाउन आवश्यक रहेको भन्दै मूर्ति पूजाआजामा रोक लगाउने निर्णय गरेको थियो ।
दशैंमा दुर्गा पूजा र मूर्ति बिसर्जन गर्न पाउनुपर्ने माग गर्दै अधिवक्ता राहुल गुप्ताले कपिलवस्तु नगरपालिका-१ स्थित प्रशासन कार्यालय र प्रजिअ दीर्घनारायण पौडेलविरुद्ध सोमबार उच्च अदा’लत बुटवल इजलासमा रिट दायर गरेका हुन् ।
कोरोनाको संक्र’मणलाइ देखाउँदै संस्कृतिमाथि प्रहार गरेको भन्दै स्थानिय द्वारा जि प्र का को निर्णयको व्यपक आलो’च्ना भएको थियो ।









































