बुटवल, सोमबार, २६ असोज २०७७ । सिद्धार्थ राजमार्ग दैनिक ३ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पा-बुटवल सडक बिहिबारसम्म दैनिक ३ घण्टा बन्द गरिने भएको हो ।
पाल्पा बुटवल सडकको चिडिया खोलादेखि बर्तुङसम्म पहिरो सफा गर्ने काम भएकोले दैनिक ३ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय, पाल्पाले जानकारी गराएको छ ।
दैनिक हजारौंको संख्यामा सवारी साधन आवत-जावत हुने यस राजमार्गमा नजिकिदै गरेको चाडवाडको नजिकमा दैनिक ३ घण्टा सडक बन्द हुने भएपछि यात्रुहरु मर्कामा पर्ने देखिन्छ ।










































