काठमाडौँ, मंगलबार, २० असोज २०७७ । प्रदेश-५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।
प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।
प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने प्रस्तावको विपक्षमा १३ मत परेको थियो ।









































