गोरखा २०, असोज । गोरखाको सिरानचोक गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टी भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार जारी गरेको बिज्ञप्तीमा जिल्लाको सिरानचोक गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टी भएको जनाइएको छ ।
संक्रमण पुष्टि हुनेमा वडा नम्बर ३ का २२ बर्षिय पुरुष रहेको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
चितवन मेडिकल कलेज चितवनमा गरिएको पिसिआर परीक्षणका क्रममा ति पुरुषलाई कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।









































