Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१४:५२ बिहान
- ADVERTISEMENT -

गोरखामा ९ प्रहरीसहित १८ जना कोरोना संक्रमित

प्रकाशित मिति: २०७७ असोज १९, सोमबार

586
Shares

गोरखा, १९ असोज २०७७ । गोरखामा सोमबार एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये बाह्र किलो प्रहरी चौकीमा कार्यरत ६ पुरुष र २ महिला प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक पुरुष कर्मचारी रहेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै बाह्र किलो प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारी परिवारका ३ र १२ बर्षीय बालकलाई पनि कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए । बाह्र किलोमा व्यापार सञ्चालन गर्दै आएका तीन व्यापारीलाई पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

उनीहरुमध्ये दुई महिला र एक पुरुष रहेका छन् । प्रहरी हिरासतमा रहेका दुई पुरुषमा पनि कारोना संक्रमण पुष्टि भएको छ । अर्का संक्रमित शिक्षक रहेका छन् । उनी विराटनगरबाट आएर होम क्वारेन्टिनमा बस्दै आएको स्वास्थ्य शाखाले जनाएको छ । अर्का एक संक्रमित भने गोरखा नगरपालिका वडा नम्वर ११ का ३३ वर्षीय पुरुष रहेका छन् । दुवईबाट आएर उनी होम क्वारेन्टिनमा बस्दै आएका थिए ।

केही दिनअघि बाह्र किलो प्रहरी चौकीमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएसँगै उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । संक्रमण पुष्टि भएसँगै बाह्र किलो बजार क्षेत्रमा निषेधाज्ञ जारी गरिएको थियो । तर निषेधाज्ञको उल्लघंन गर्दै बजार क्षेत्र पूर्ण रुपमा सञ्चालनमा रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -