Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४०:४१ बिहान
- ADVERTISEMENT -

पोखरा सराङकोट (सेदी) का स्थानीयद्धारा बस्ती सहित फेवाताल बचाउन सांसद बराल समक्ष माग

प्रकाशित मिति: २०७७ असोज १४, बुधबार

612
Shares

पोखरा, बुधबार, १४ असोज २०७७ । पोखरा सराङकोट (सेदी) का स्थानीयले बस्तीसहित फेवाताल संरक्षण गर्न गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) समक्ष माग गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित कटुइ कटुजे सेदी (कोत्रे) खोला भन्दा माथिल्लो दलदल भागमा धाजा फाँटेर बस्ती बगाउने उच्च जोखिम भएको र जसले गर्दा फेवाताल समेत पुरिने भएकोले यसको संरक्षणमा पहल कदम लिन सांसद बराल समक्ष आफुहरुले माग गरेको स्थानीय भुपाल बहादुर थापा क्षेत्रीले बताए ।

सेदी कोत्रे खोला सहितको सराङकोट क्षेत्रमा धाजा फाँटेको बस्तु स्थितिबारे बुधबार अवलोकन गर्न पुगेका सांसद बराल समक्ष स्थानीयले प्रदेश र संघिय सरकारसम्म आवश्यक पहल गर्न माग गरेका थिए । सांसद बरालले उक्त क्षेत्रको बस्ती हाल उच्च जोखिम भएकोले विज्ञको टोलीबाट तत्काल अध्ययन प्रतिवेदन तयार पारी बस्ती संरक्षणम तर्फ केन्द्रित हुनुपर्ने मा जोड दिए ।

आफ्नो तर्फबाट उक्त स्थानको बस्ती र फेवाताल संरक्षणमा सवैको सहकार्य गरी पहल गर्ने उनले जनाए । उक्त क्षेत्रको बस्ती तथा फेवाताल संरक्षणमा तत्काल करिब २९ लाख दिगो रुपमा व्यबस्थापन गर्न २ करोड भन्दा बढीको बजेट आवश्यक भएको कटुइ कटुजे सेदी (कोत्रे) खोला नियन्त्रण समितिका अध्यक्ष भुपाल बहादुर थापाले बताए ।

उनले भने“ यस बर्षको बर्षादले गर्दा सेदी कोत्रे खोला भन्दा माथिल्लो भागको करिब ५० रोपनी दलदल जमिनमा धाजा फाँटेको छ,त्यो कुनै पनि वेलामा तलखस्न सक्छ, जसले गर्दा एक सय ५० घर धुरी यसबाट प्रत्यक्ष पहिराको जोखिममा पर्न सक्छन । ” बस्ती सहित फेवाताल संरक्षणमा तत्काल काम हुन नसके यसबाट ठुलो जन धनको क्षेति हुने आफुहरुले पूर्व अनुमान गरिएको अध्यक्ष थापाले बताए । मानव बस्ती भन्दा करिब ७ सय मिटर माथिल्लो भागमा जमिन भाषिएसंगै स्थानियहरु हाल त्रसित मुद्रामा रहेको उनले जनाए ।

उक्त खोला नियन्त्रण, जमिन भाषिएको ठाँउमा संरक्षण गर्न नसक्दा हाल पानी पर्दा आफुहरु त्रसित हुनु परेको सेदीका स्थानिय दीपेन्द्र पहारीले बताए । उनले भने “ केही स्थानियले खोला हिड्ने बाटोमा जथभावी ढ्ंगा, माटो राख्नाले पानीको वाहावले केही ठाँउमा लगाइएको तारजाली समेत भत्काउने अबस्थामा पुराएको छ । ” परापुर्वकाल देखि पानी हिड्ने खोलालाई राम्रो निकास दिन सक्दा खहरे खोला जथभावी हिड्ने अबस्थाले मानव बस्तीमा बाढी र पहिरोको उच्च जोखिममा परेको उनले दाबी गरे । समयमै यसलाई ब्याबस्थापन गर्न नसके दोश्रो सिन्दुपालचोक जस्तै पहिरोको उच्च जोखिममा रहेको स्थानीय पहारीले जनाए । पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले सेती बगर क्षेत्रको बस्ती सहित फेवाताल संरक्षणमा ठुलो बजेट आवश्यक भएकोले तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।

पर्यटन व्यवसायी दोर्जे लामाले उक्त क्षेत्रमा पहिरो जानसक्ने जोखिम भएकोले सवैसंगको सहकार्यमा आफुहरुले पनि के गर्न सकिन्छ त्यसमा आफुहरु तयार रहेको जनाए । सडक निर्माणसंगै पानी व्यबस्थापन गर्न नसक्दा दुई बर्ष अघि देखि थोरै भाषिएको उक्त क्षेत्रमा यस बर्ष भने धेरै ठाउँमा भाषिएको स्थानियले बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले सेती बगर क्षेत्रको बस्ती सहित फेवाताल संरक्षणमा ठुलो बजेट आवश्यक भएकोले तीनै तहका सरकारले आवश्यक सहयोग गर्नु पर्ने बताए । पोखराको सेतीबगरमा २०६४ सालमा बाढी र पहिरोले ६ जनाको ज्यान गएको थियो भने करिब १२ घर पहिरोले पुरिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -