बिरगंज, राहुल गुप्ता, आइतबार, ११ असोज २०७७ । भुमि अतिक्रमण गरेको बिषयलाई लिएर बीरगंजको घण्टाघरमा बिरोध प्रदर्शन गरेका छन् । नव जनकल्याण युवा संजाल, बीरगंज पर्साले चीनले नेपालको हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ६ लिमीको भुमि अतिक्रमण गरेको बिषयलाई लिएर बीरगंजको घण्टाघरमा बिरोध प्रदर्शन गरेका हुन् ।

हातमा प्लेकार्ड लिएर युवा संजालका युवाहरूले चीनको सो कार्यको बिरोध गरेका थिए । कार्यक्रम नव जनकल्याण युवा संजालका अध्यक्ष सगिर अलिको अध्यक्षतामा भएको थियो भने प्रमुख वक्ता अली हसन , बिशिष्ट वक्ता विक्की राज पटेल र नुर आलम रहनु भएको थियोे ।

बिरगंजमा युवा अगुवा संजय सर्राफले नेपाली भूमि अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको बिरोध गर्नुको साटो उल्टै अनभिज्ञता प्रकट गर्नु लज्जास्पद भएको बताए । कार्यक्रममा बोल्दै नव जनकल्याण युवा संजालका सदस्य नुर आलमले सड्घीय सरकारले नेपालको भूमि नमिचिएको भनेर घोषण गर्नु दुर्भायापूर्ण भएको बताए ।

कार्यक्रममा संजय सर्राफ, प्रकाश पटेल, अविनाश यादव, कन्हैया साह, बिकास मेहता, संदीप पटेल, समीर हवारी , साहिल हसन , मुन्ना अंसारी , रहम अंसारी, शेष शहनवाज, नवीजान हवारी, भिम पंडित, कृष्णा पटेल, अंकुश पटेल, नितेश पटेल, अनिश पटेल अलीहसन, दिपक पटेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण विवेक कुमार झा ले गर्नु भएको थियो ।









































