गोरखा, ३ असोज २०७७ । नेपाल दलित विद्यार्थी संघ गोरखाद्वारा संविधान दिबसको अवसरमा दिप प्रज्वलन गरेको छ ।
गोरखा सदरमुकामको बसपार्कमा शनिवार साँझ दिप प्रज्वलन गरिएको दलित विद्यार्थी संघ गोरखाका अध्यक्ष रचन परियारले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सह सचिव नारायण प्रसाद लामिछाने, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, नेबिसंघ जिल्ला सभापति सुभाष अधिकारी, सचिब मिलन सिंह बस्नेत, उपाध्यक्ष शिबहरी तिमिल्सिना, तरुण दल क्षेत्रीय १ सभापति प्रबिण बस्नेत लगायत अन्य नेता गणको उपस्तिथि रहेको थियो ।
गोरखा बसपार्क श्याम सुन्दर सालिक परिसरमा दिप प्रज्वलन गरिएको थियो ।









































