Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:५७ बिहान
- ADVERTISEMENT -

गोरखामा जारी निषेधाज्ञा भदौ ३१ गते राती १२ बजेसम्म कायम राख्ने निर्णय

प्रकाशित मिति: २०७७ भदौ २७, शनिबार

662
Shares

गोरखा, शनिबार, २७ भाद्र २०७७ । गोरखामा जारी निषेधाज्ञा भदौ ३१ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । गोरखा नगरपालिकामा जारी निषेधाज्ञा भदौ ३१ गते राती १२ बजेसम्म कायम राख्ने निर्णय भएको हो ।

कोरोना भाइरस रोकथाम नियन्त्रण र न्युनीकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आज भएको भर्चुअल मिटिङबाट गोरखा नगरपालिकामा जारी निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । बैठकले जिल्ला भित्र संक्रमितको संख्या बढदै गएकाले निषेधाज्ञा खुकुलो पार्न नहुने निर्णय गरेको जनाइएको छ ।

गोरखा नगरपालिकाको सिफारिस, स्वास्थ्य कार्यालय गोरखाको सुझाव तथा अझै पनि यस अघि कन्ट्रयाक्ट ट्रेसिङ गरिएकाहरुको रिर्पोट प्राप्त हुन बाँकी नै रहेकाले निषेधज्ञालाई थप गर्ने निर्णय गरिएको जिल्ला प्रसासन कार्यालयका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

निषेधाज्ञा अबधी भर गोरखा नगरपालिका क्षेत्रमा जथनभावी आउजाउनमा कडाई गरिदै आएको छ । त्यस्तै अत्याबश्यक बाहेकका सवारी साधन, बजार पसल समेत बन्द गरिदै आएको छ । गएको आइतबारदेखि आज मध्यराती १२ बजेसम्मका लागि नगरपालिका भित्र निधेषाज्ञा जारी गरिएको थियो । गोरखा नगरपालिकाको वडा नम्बर १३, १२, १०, ८, ६, ७ लगायतका कोरोना संक्रमण फैलन थालेपछि नगरक्षेत्र भित्र गएको आइतबारदेखि निषेधाज्ञा लागू गरिदै आएको छ । यसै बिच बैठकले जिल्ला भित्र सञ्चालित बैंक तथा बित्तिय संस्थाहरुलाई भने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरि आबश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

साथै, बैठकले गोरखा सदरमुकाम स्थित रणसिहं दल गण भित्र रहेको भवनमा २८ जना सम्म राख्न सक्ने गरि आइसोलेसन निर्माण गर्न सक्ने भएकाले त्यसको व्यवस्थापनका लागि सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय भएको जनाइएको छ ।

बैठकले जिल्ला भित्र निषेधाज्ञा पश्चात उद्योग तथा कलकारखना, व्यापार व्यवसाय, आदि सञ्चालनका लागि व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन उद्योग बाणिज्यसंघ, च्याम्बर अफ कर्मसलाई कार्ययोजना तयार गर्न आग्रह गरिएको छ । त्यस्तै आन्तरिक तथा बाह्य आवागमनका लागि यातायाता सञ्चालनका लागि आबश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गराउने गरि कार्ययोजना पेश गर्न सम्बन्धित व्यवसायीहरुलाई बैठकले निर्देशन दिएको जनाइएको छ ।

बैठकले कोरोना संक्रमित बढ्न थालेपछि बाह्रय जिल्लाबाट गोरखा प्रवेश गर्ने नाकामा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको छ । भर्चुअल बैठकले जिल्ला प्रवेश भित्रने मुख्य नाका मुझुवामा आबश्यकताका अनुसार थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकिय अघिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

बैठकले जिल्ला प्रवेश गर्ने मुख्य नाका मझुवा देउरालीमा सुरक्षा चेक जाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन आबश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । त्यस्तै जिल्ला भित्रने अन्य सवै नाकाहरुमा जिल्ला भित्रने र बाहिरिनेको बिस्तृत बिबरण राख्ने निर्णय बैठकले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -