गोरखा, शुक्रबार, २६ भाद्र २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालदेखि बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोटसम्मको सडक कालोपत्रेका काम सुरु भएको छ ।
विरुवा वाइवा एण्ड लामा कन्स्ट्रकसन र गण्डकी प्रदेश स्थित भौतिक विकास तथा पुर्वाधार मन्त्रालयवीच करिव २९ करोड लागतमा ठेक्का सम्झौता भएको थियो ।
कन्स्ट्रकस्सनले भदौ २३ गतेदेखि जोइन्ट सर्भेको काम गरिरहेको छ ।
घ्याम्पेसालदेखि ताकुकोटसम्म सर्भेको काम सक्न १५ दिन लाग्छ, सर्भेमा सँलग्न सिभिल तर्फका प्रमुख प्रशिक्षक चन्द्रलाल गुरुङले जानकारी दिनुभयो । इन्जिनियरीङ कन्सल्टेन्सीले जोइन्ट सर्भेको काम गरिररहेको छ । जोइन्ट सर्भे सकिएसँगै काम अघि बढ्ने भोतिक विकास तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।
सात मिटर चौडा सडकमा अस्फाट क्वालिटिको कालेपत्रे हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारको जिल्ला सदरमुकाम देखि पालिका केन्द्रसम्म पक्कि बाटोले जोड्ने योजना अनुसार उक्त सडक खण्डमा काम भइरहेको हो ।









































