Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:२५ बिहान
- ADVERTISEMENT -

पर्यटक पथ-प्रदर्शक नै बाटो बिहिन : टुर्गान नेपाल

प्रकाशित मिति: २०७७ भदौ २६, शुक्रबार

737
Shares

काठमाडौँ, शुक्रबार, २६ भाद्र २०७७ । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरना भाइरस (कोभिड-१९ ) का कारण पर्यटक पथ-प्रदर्शक नै बाटो बिहिन हुनु परेको छ ।

पर्यटकलाई बाटो देखाएर गुजारा चलाउँदै आएका पर्यटक पथ-प्रदर्शक अहिले आफ्नै जीवन कुन बाटो अघि बढाउने भनेर अन्योलमा छन् । कोरोनाका कारण पर्यटक आगमन ठप्प भएपछि उनीहरु गन्तव्यहीन बनेका हुन् ।

टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान) का अध्यक्ष केदार तामाङ गाइडहरुको समस्या पर्यटन बोर्ड, पर्यटन विभाग र विभागीय मन्त्रीलाई समेत जानकारी गराएको बताउँछन् । उनले काठमाडौं उपत्यका र आसपासमा दुई हजार टुरिस्ट गाइड भएको जानकारी दिए । ‘पर्यटकलाई सहरी संस्कृति र जनजीवनबारे जानकारी दिँदै आएका उनीहरु अहिले मौन छन्,’ तामाङले भने, ‘उनीहरुको समस्या तत्काल समाधान गर्न आवश्यक छ ।’

पर्यटकसँग धार्मिक, सांस्कृतिक, अन्य विविधताबीच सुन्दर एकता रहेको नेपाल भनी चर्चा गर्ने उनीहरुले अहिले एक्लो भएको महसुस गरेको तामाङले सुनाए । ‘गाइड भनेको मुलुकका अवैतनिक सांस्कृतिक दूत पनि हुन्,’ उनले भने, ‘उनीहरुले देखाउने, बताउने र गर्ने व्यवहारबाट संसारले नेपाललाई चिन्ने गर्छ।’

तामाङले गाइडहरुलाई उनीहरुको गाइड लाइन्सेन्स धितो राखेर भए पनि राज्यले कर्जा उपलब्ध गराउनुपर्ने बताए । लामो समयसम्मको बन्दाबन्दीले गाइडहरु पलायन हुने स्थिति आएको र यो समग्र पर्यटन क्षेत्रकै लागि दुर्भाग्यपूर्ण हुने उनको बुझाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -