गोरखा, शुक्रबार, १० भाद्र २०७७ । गोरखाले नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । गोरखा नगरपालिकाले नगरबासीलाई घरैमा बसेर शनिवार दिउँसो १२ बजेदेखि हुने निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
नगरपालिका भित्र शुक्रवार वडा नम्बर ६ का २ जना, ७ का ३ जना र ८ का १ जना सहित वडा नम्बर १३ का १४ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गोरखाले नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी गरिएको छ ।
शनिवार दिउँसो १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको र अत्यवास्यक बाहेकका सबै सेवा बन्द रहने नगरप्रमुख राजनराज पन्तले बताउनु भयो । बैंक तथा बित्तिय संस्था पनि बन्द हुनेछन् भने बजार क्षेत्र पूर्ण रुपमा बन्द रहने बताइएको छ । समुदायमा कोरोना संक्रमण फैलन नदिन, निषेधाज्ञा गर्नु परेको उहाँले बताउनु भयो ।










































