गोरखा, आइतबार, १४ भाद्र २०७७ । गोरखाका आफ्ना पालिकालाई सेवा दिन जिल्ला प्रशासन ,मालपोत र नापी कार्यलयले सेवा प्रदान गर्न बार तोकेको छ ।
जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा सर्वसाधारणको भिड हुन सक्ने भन्दै प्रशासनले पालिकाहरुलाई बार तोकेर सेवा दिने निर्णय गरेको हो ।
अब पालिकाबाट सेवाग्राही प्रशासन, मालपोत र नापीमा सेवा लिन आउँदा बार हेरेर सेवा लिन आउनु पर्नेछ ।
गोरखा नगरपालिकालाई आईतवार, सोमवार, मंगलवार र पालुङटार नगरपालिकालाई बुधवार, बिहिवार, शुक्रवार सेवा दिईनेछ ।
साथै, आइतबार र सोमबार भिमसेन/शहिदलखन/धार्चे गाउँपालिका, मंगलवार सिरानचोक/अजिरकोट/धार्चे गाउँपालिका, बुधबार सिरानचोक/अजिरकोट/बारपाक सुलिकोट/चुमनुम्री गाउँपालिका त्यस्तै, बिहिवार आरुघाट/गण्डकी /बारपाक सुलिकोट गाउँपालिका र शुक्रवार आरुघाट र गण्डकी गाउन्पालिकालाई तोकिएको छ ।









































