Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:५८:५३ बिहान
- ADVERTISEMENT -

पत्रकारका समस्याबारे प्रेस युनियन प्रदेश–१ का अध्यक्षहरुद्वारा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति: २०७७ साउन ३१, शनिबार

576
Shares

विराटनगर, शनिबार, ३१ साउन २०७७ । कोभिड-१९ महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ ।

युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न १० जिल्लाका अध्यक्षहरुको सहभागितामा आज भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा संचार सम्बद्ध व्यवसायिक संघ संगठनप्रति ती माग प्रस्तुत गरिएको हो ।

युनियनले जोखिम क्षेत्रमा रहेका पत्रकारहरुको कोभिड–१९ परीक्षण दर बढाइयोस र संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आईसोलेसन सेन्टर तथा अस्पतालमा भर्ना गर्ने व्यवस्था गर्न, कोभिड–१९ का कारण आर्थिक संकटको सामाना गरिरहेका पत्रकारहरुलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रबाट लेखनवृत्ति कार्यक्रम सञ्चालन तथा यसलाई पारदर्शी अनि सहभागितामुलक बनाउन, सरकारद्वारा विषम परिस्थितिमा सञ्चारकर्मी र सञ्चार गृहका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न, कोरोना भाइरस सङ्क्रमका कारण बन्द भएका र सञ्चालनमै समस्या भइरहेका अनलाइन, रेडियो र टिभी जस्ता सञ्चार गृहका निम्ति सरकारले ‘सफ्ट बैंक लोन’ तथा अन्य कल्यणकारी योजनाको व्यवस्थापन गर्न, साना लगानीका मिडियालाई प्रेस काउन्सिलबाट अहिलेको विषम परिस्थितिमा अंक नपुगेपनि स्वतः नवीकरण हुने व्यवस्था गर्न, महामारीका बेलामा सुरक्षित हुँदै पत्रकारिता गर्ने उपायको विषयमा नेपाल पत्रकार महासंघद्वारा भर्चुअल तालिमको व्यवस्था गर्न, धेरै पत्रकारको गुमेको रोजगार पुनःस्थापित गर्न नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन केन्द्रीय समितिले सरकारलाई दबाब दिएर रोजगार बैंकको प्रबन्ध गर्न आवश्यक पहल गर्न भनिएको छ ।

यसैगरी वर्ष २०७७ साल अवधिको महासंघको सदस्यतामा नवीकरणमा लाग्ने सम्पूर्ण शुल्क छुट गरियोस र महासंघले आफ्ना सदस्यका लागि कोरोना बीमाको प्रबन्ध गर्न र कार्यरत पत्रकारहरुलाई राष्ट्रिय मिडियाहरुले लामो समयदेखि पारिश्रमिक नदिएकोले तत्काल पारिश्रमिक उपलब्ध गराउन महासंघ अनि युनियनका केन्द्रीय समितिले पहल गर्न माग गरिएको छ ।

युनियनले प्रदेश तथा जिल्लामा भएका समस्याबारे जिल्लास्तरबाटै समाधान गर्न दबाब दिन पनि आग्रह गरको छ ।

छलफलले कोरोना संक्रमण पुष्टि भएका पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्दै अग्रज पत्रकार बलराम बानियाँ प्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ । छलफलमा युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, सुनसरी सभापति पवन अधिकारी, मोरङ सभापति कुमार लुइँटेल, पाँचथर सभापति भीम बाँस्कोटा, इलाम सभापति विप्लव भट्टराई, खोटाङ सभापति उत्तम चाैलागाईं, उदपयुर सभापति पर्शुराम थापा, ताप्लेजुङ सभापति सन्तोष पुर्कटी, तेह्रथुम सभापति टीआर लिम्बू, धनकुटा सभापति हिमा चेम्जोङ र झापा सभापति इन्दू पूर्वेली सहभागी थिए । छलफलपछि संयुक्त हस्ताक्षर गरी विज्ञप्ति प्रकासित गर्दै सरकारको ध्यानाकर्षण गरिएको सुनसरीका सभापति पवन अधिकारीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -