Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
७:०४:१८ बिहान
- ADVERTISEMENT -

म्याग्दी भयो कोरोनामुक्त

प्रकाशित मिति: २०७७ साउन २४, शनिबार

486
Shares

बेनी, शनिबार, २४ साउन २०७७ । म्याग्दीका थप छ जनाले कोरोना जितेपछि सङ्क्रमित सबै ४७ जनाले कोभिड–१९ जितेका छन् । योसँगै म्याग्दी कोरोना सङ्क्रमित सबैले कोरोना जितेकाले कोरोनामुक्त जिल्ला भएको छ ।

सदरमुकाम बेनीमा आइसोलेसन राखेर उपचार गरिरहेका छ जनाले कोरोना भाइरस जितेर शनिबार बिहान घर फर्केका हुन् । म्याग्दीमा हाल सम्म पाँच महिलासहित ४७ जनामा सङ्क्रमण पुष्टि भएको र सबैजना कोरोना जितेर घर गइसकेका छन् ।

बहराइनबाट आएका मङ्गला गाउँपालिका–२ का ३७ वर्षीय पुरुष, साउदीबाट आएका मङ्गला गाउँपालिका–५ का ३० वर्षीय पुरुष, बहराइन आएका अन्नपुर्ण-८ का ४९ वर्षीय, अन्नपूर्ण गाउँपालिका–८ का साउदीबाट आएका ३५ वर्षीय पुरुष, साउदीबाटै आएका अन्नपूर्ण गाउँपालिका–३ का २३ वर्षीय पुरुष, र कुवेतबाट आएका मालिका गाउँपालिका–४ का ३४ वर्षीय पुरुषले कोरोना जितेको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सबैले कोरोना जितेसँगै जिल्ला कोरोनामुक्त भएको बताउनुभएको छ । प्रजिअ ढकालले समुदायमा सङ्क्रमण फैलिए नफैलिएको बारेमा एकिन गर्न नसकिएकाले सबैले संयम र अनुशासित भएमा कोरोना फैलावट रोक्न सकिने बताउनुभएको छ । (गोरखापत्र)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -