Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
७:५४:५८ बिहान
- ADVERTISEMENT -

सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीबाट सेवा

प्रकाशित मिति: २०७७ साउन २३, शुक्रबार

614
Shares

गोरखा, शुक्रबार, २३ साउन २०७७ । गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीबाट सेवा सुरु भएको छ । स्थानीय तहको चुनाव भएको झन्डै ३ वर्षपछि सिरानचोक गाउँपालिकाको स्थायी केन्द्र चित्रेपोखरी कायम भएको हो ।

सिरानचोक गाउँपालिकाले बुधबारदेखि पालिकाको सबै सेवा चित्रेपोखरीबाट दिन थालेको हो । साविक छोप्राकमा रहेको सबै कार्यालय अहिले चित्रेपोखरीमा सारी सकिएकोले सोही स्थानबाट सेवा दिन थालिएको पालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । ‘कार्यालयका केही सामाग्री ल्याउन बाँकी छ । सबै सामाग्री ल्याउने कोशिसमा छौ’ अध्यक्ष गुरुङले भन्नुभयो ।

आज शुक्रबार सम्ममा सबै कार्यालयका सामाग्री चित्रेपोखरीमा सारी सक्ने र आउदो आइतबार (साउन २५ ) गतेदेखि काम निरन्तर रुपमा संचालनमा आउने पालिकाले जनाएको छ । गत असार ३१ गते सम्पन्न गाउँसभाले पालिकाको केन्द्र चित्रेपोखरी सार्ने निर्णय भएपछि बिहिबारदेखि चित्रेपोखरीमा निर्णय बमोजिम सेवा सुरु गरिएको हो ।

चित्रेपोखारीमा हाललाई करिब २० वटा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ । केही महिना भित्रै अस्थायी संरचना तयार गरी पालिका भित्रका सर्वसाधारणहरुलाई सेवा दिने समेत पालिकाले जनाएको छ । पालिकाका लागि चित्रेपोखरीका स्थानियले करिब १०० रोपनी जमिन नि:शुल्क उपलब्ध गराउने सहमती भए पछि साविकको स्थानबाट कार्यालय सारिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -