Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४५:२३ बिहान
- ADVERTISEMENT -

गोरखाको भीमसेन ८ बोर्लाङको चारसय फाँट खेतको कुलो बाढीले बगायो

प्रकाशित मिति: २०७७ साउन ८, बिहीबार

802
Shares

गोरखा, ८ साउन २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ पिपलटार स्थित चारसय फाँटको खेतको कुलो बाढी पहिरोे बगाएको छ । केहीदिनदेखि लगातार परेको अबिरल बर्षाका कारण खेतमा ल्याइएको कुलो बाढीले पूर्णरुपमा क्षतिग्रस्त बनाएको स्थानीयबासी रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बाढी र पहिरोले कुलो बगाएपछि किसानहरुलाई खेतमा पानी लाउन समस्या भएको छ ।

‘अहिले तत्कालका लागि त आकाशबाट पानी परिरहेको छ समस्या छैन, उहाँले भन्नुभयो, अब पानी पर्न छोडे लगत्तै धानखेतमा पानीको अभाव सुरु हुन्छ ।’ खुकरे खोलाबाट करिब १ किलोमिटर कच्ची कुलो निर्माण गरि पानी ल्याएर चार सय फाँटमा बर्षौदेखि किसानहरुले धानखेती गर्दै आएका छन् । करिब २ हजार मुरी धान उत्पादन हुने खेतको कुलो नै पहिरो बगाइदिएपछि किसानहरु चिन्तामा परेका छन् ।

चारसय फाँटमा ५० जनाभन्दा बढि किसानको धानखेती गर्दै आएका छन् । ‘सडकका कुनाबाट कुलो बनाएर पानी ल्याउदै आइएको थियो, श्रेष्ठले भन्नुभयो,‘अहिले सडक माथिबाट पहिरो खसेपछि कुलो पुरिएको छ, पानी सडकसडकमा बगेका कारण कच्ची सडक समेत बिग्रिएको छ ।’ कुलोमा कतै पहरा आएर पुरेको छ भने कतै सडकसंगै भत्काएर बगेको उहाँले बताउनुभयो ।

तत्काल कुलो मर्मत गर्न नसकेको भर्खरै रोपाई गरिएको धान उत्पादनमा असर पुग्ने भन्दै किसानहरु चिन्तामा परेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले तत्काल कुलो मर्मतका लागि सहयोग गरिदिन समेत स्थानीय सरकार र सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -