Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:०५:०३ बिहान
- ADVERTISEMENT -

म्याग्दी पहिरो : थप एकजनाको शव भेटियो, मृत्यु हुनेको सङ्ख्या २८, राहत वितरण जारी

प्रकाशित मिति: २०७७ असार २८, आइतबार

714
Shares

बेनी, आइतबार, २८ असार २०७७ । हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ ।

आइतबार थप एक जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

आइतबार बिहान प्रहरीले धौलागिरी –६, मराङका खिमबहादुर जुग्जालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत इन्सपेक्टर डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाईमा गण्डकी प्रदेश सरकार, बेनीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोष समेतले ५० थान त्रिपाल, ४२ वटा ब्ल्याङ्केट, म्याट र कम्बल २५, चाउचाउ एक सय कार्टुन, बिस्कुट २० कार्टुन, तेल २० कार्टुन, नुन पाँच बोरा, पिउने पानी, मसला दुई बोरा, चामल ५० बोरा र दाल दुई बोरा शनिबार र आइतबार गरी पहिरो पीडितलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । त्यस्तै बेनीमा रहेको गैरसरकारी संस्था सङ्गमले २२ हजार रुपियाँ बराबरको सामग्री सहयोग गरेको छ । आइतबार म्याग्देली युवा आवाज समूहले जिल्ला विपद् व्यवस्थापन कोषलाई दुई लाख रुपियाँ नगद हस्तान्तरण गरेको छ ।

धौलागिरी गाउँपालिकामा पहिरोमा परेर घाइते भएका १२ जनाको शनिबार र एक जनाको आइतबार प्रभु एयरको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । मराङ र बिममा आएको पहिरोमा परेकामध्ये तीनजना जीवितै सम्पर्कमा आएको भए पनि अझै चार जना बेपत्ता भएका छन् । बेपत्तामध्ये ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सविन पुन, मालिका–७, बिमको एलिसा केसी र खोलाले बगाउँदा बेपत्ता भएकी मालिका–६, दरबाङका ४१ वर्षीय गीता रोका नभेटिएको प्रहरीले जनाएको छ ।

धौलागिरी गाउँपालिका–७ ताकममा पाँच घर, धौलागिरी गाउँपालिका–६ मराङमा २० घर र मालिका –६ बिममा १० घर पहिरोले पूर्ण क्षति भएको छ ।

धौलागिरी गाउँपालिकाका जोखिममा रहेका ५९० जना, रघुगङ्गा गाउँपालिका–३, गलेश्वर राहुघाट खोलानजिकैको बस्तीका २१ घरका ८५ जना, मालिका गाउँपालिबाट १९६ जनालाई र बेनी नगरपालिकाका जोखिममा रहेका २५ जना गरेर ८९६ जनालाई सुरक्षित स्थानमा राखिएको इन्सपेक्टर चौधरीले जानकारी दिनुभयो ।

पहिरोमा परेर गम्भीर घाइते मराङको २२ वर्षीया मन्जिता श्रीपाली, आठ वर्षीय सफल श्रीपाली र मालिका–७, बिमका ४० वर्षीय पूर्ण परियार, मराङका ८७ वर्षीया गौमती सुनार र ६३ वर्षीया सतदेवी बिटालुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । मालिका–६, दरबाङका बालसिंह रोकालाई भने थप उपचारका लागि काठमाडौँमा रिफर गरिएको छ ।

मराङका ४३ वर्षीय धनबहादुर जुग्जाली, ३५ वर्षीय कुशल पुन, २२ वर्षीय दीपक श्रीपाली, १६ वर्षीया बिर्सना जुग्जाली, १२ वर्षीय अङ्कित जुग्जाली र ७२ वर्षीय हरिबहादुर बिटालु भने बेनी अस्पतालमा उपचार गरी घर फर्कनुभएकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -