पोखरा, शनिबार, २० असार २०७७ । गोरखा र कास्कीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गोरखाका ५ र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
संक्रमितमध्ये गोरखा जिल्ला, पालुङटार नगरपालिका-७ का ४४ वर्षिय पुरुषको गोरखा अस्पतालमा मृत्यु भएको छ । शव व्यवस्थापनको तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा एक हजार ८८ जना कोरोना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।









































