गोरखा, शनिबार, २० असार २०७७ | गोरखा अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।
गोरखाको पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान पाच बजेर पाच मिनेटमा मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । पालुङटार नगरपालिकाका ४४ वर्षिय पुरुष गत असार १६ गते कतारबाट नेपाल फर्की १७ गते पालुङटार पुगेका थिए । उहाँ मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
जनज्योति मा बि को क्वारेन्टाइनमा बसेका उहाँ लगातार खोकी लगेपछी तत्काल कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
कोरोना पोजेटिभ भएको पुष्ठि भए लगतै उपचारका लागि गए राती नै गोरखा अस्पताल पुर्याइएको थियो |









































