पोखरा, बुधबार, १७ असार २०७७ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ पुगेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ |
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रा लयअन्तर्गत स्वास्थ्य निर्देशनालयका प्रवक्ता विनोदविन्दु शर्माका अनुसार बाग्लुङका ६८ जना, गोरखाका ३ जना, लमजुङका २ गरी हिजो ७३ जना कोरोनको संक्रमणबाट निको भई घर फर्किएका छन् ।
‘‘यसका साथै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २८७ पुगेको छ,’’ प्रवक्ता शर्माले जानकारी दिनुभयो ।









































