तनहुँ, सोमबार, १५ असार २०७७ । जिल्लाको आबुखैरेनी गाउँपालिका एक हप्ताको लागि बन्द गर्ने भएको छ। पछिल्लो समय गाउँपालिकामा कोरोना संक्रमित देखिने क्रम बढेपछि आकस्मिक बैठक बसि एक हप्ताको लागि बजार बन्द गर्ने भएको हो ।
गत बिहीवार ९३ जनाको स्वाव संकलन गरि परिक्षणको लागि प्रदेह क्षयरोग केन्द्र पोखरा पठाइएकोमा ८९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने १ जना स्वास्थ्यकर्मीमा पोजेटिभ देखिएको थियो। रिपोर्ट पोजेटिभ देखिनेमा आबुखैरेनी हार्डजोर्नी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन ।
कार्यरत स्वास्थ्यकर्मीमा नै कोरोना पोजेटिभ देखिएपछी अस्पताल सिल गरिएको छ। अन्य स्वास्थ संस्थाहरु पनि न्युनतम मापदण्ड पूरा गरि सञ्चालन गर्न दिने भएको छ।
साथै, अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवाहरु पनि एक हप्ताको लागि बन्द गर्ने भएको छ ।









































