Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:५० बिहान
- ADVERTISEMENT -

सलह नियन्त्रणको प्रयास भइरहेको सरकारको भनाइ, प्राविधिकसँग सम्पर्क गर्न आग्रह

प्रकाशित मिति: २०७७ असार १४, आइतबार

548
Shares

काठमाडौँ, आइतबार, १४ असार २०७७ । देशका विभिन्न ठाउँमा देखिएको सलह कीरा नियन्त्रणको प्रयास भइरहेको सरकारले जनाएको छ ।

सलहको अध्ययनसँगै नियन्त्रणको लागि सङ्घ, प्रदेश र पालिकाबीच समन्वय भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयकाअनुसार सलहको अवस्था, फैलावट बुझ्न र क्षति आँकलन गर्न प्रदेशमा रहेका प्राविधिकलाई खटाइएको छ ।

मन्त्रालयले सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलनलगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित भइसकेको जनाएको छ । सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएका छन् ।

मन्त्रालयले प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले आफ्नो ठाउँमा सलह देखिएकामा नजिकको कृषि प्राविधिकलाई खबर गर्न आग्रह गर्नुभयो ।

धानको बीउलाई जालीले छोपेर जोगाउन सकिने उहाँको भनाइ छ । प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएपछि प्रदेशका कृषि वैज्ञानिकहरूले पनि अध्ययन सुरु गरेका छन् । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवकाअनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन सुरु गरेको हो ।

सलह सानो समूहमा मात्रै नेपाल छिरेकाले यसको प्रकोप फैलिने सम्भावना कम रहेको विज्ञहरुको अनुमान छ । सलह एकै ठाउँमा नबस्ने भएकाले यसबाट क्षति हुने सम्भावना निकै कम रहेको, तर सतर्क भने हुनुपर्ने कृषि विज्ञहरुको भनाइ छ ।

कृषि मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन सुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले सलहको सानो झुण्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको हो ।

यस विषयमा जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराको सम्भावित प्रवेशको सम्बन्धमा अनुगमन गरिरहेको मन्त्रालयले जनाएको छ । हिजो बिहान सलह कीरा नेपाल प्रवेश गरी बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देही, पाल्पा, कपिलवस्तु लगायत जिल्लामा फैलिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -