Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:५६ बिहान
- ADVERTISEMENT -

रुपन्देहीमा पनि सलह भित्रिएको आशङ्का, अनुसन्धान शुरु

प्रकाशित मिति: २०७७ असार १३, शनिबार

566
Shares

भैरहवा, शनिबार, १३ असार २०७७ । भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह कीरा नेपालको रुपन्देहीमा पनि भेटिएको आशङ्का गरिएको छ । सलह कीरा भेटिएको आशङ्कामा प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसनधानसमेत थालेको छ ।

भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्रमा सलह कीरा भेटिएको आशङ्कामा अनुसन्धान शुरु गरिएको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिनुभयो ।

कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले सलह कीरा प्रदेश ५ को रुपन्देहीमा आएको हो वा होइन भनेर अनुसन्धान थालेका हुन् । “अनुसन्धानपछि यसबारे निर्क्याैल हुनेछ”, देवकोटाले भन्नुभयो ।

छिटै नै यसको निर्क्याैल हुने र यदि सलह कीरा नै भएको भए कसरी अघि बढ्ने भन्ने बारेमा थप छलफल गरिने देवकोटाले बताउनुभयो ।
यता, बुटवलस्थित नेपाली सेनाको गुल्ममा सलहजस्तै देखिने कीरा ठूलो सङ्ख्यामा देखिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सेनाको ब्यारेकमा ठूलो सङ्ख्यामा कीरा देखिएको बताउनुभयो । “त्यहाँ ठूलो आकारको फट्याङ्ग्रा ठूलो सङ्ख्यामा आएपछि सेनाले नियन्त्रणमा लिएको छ, तर सलह हो वा होइन, अझै यकिन भएको छैन ।” उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -