गोरखा, शुक्रबार, १२ असार २०७७ । गोरखा जिल्लामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका र पालुङटार नगरपालिकाका थप व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।
भीमसेन थापा गाउँपालिकाका ३ जना र पालुङटार नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यससंगै गण्डकी प्रदेशमा आज शुक्रबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।










































