Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:२५ बिहान
- ADVERTISEMENT -

गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार

प्रकाशित मिति: २०७७ असार ६, शनिबार

845
Shares

गोरखा, शनिबार, ६ असार २०७७ । गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ । भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरुमा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ । ११ वटै स्थानीय तह मिलेर गोरखा क्याम्पसमा आइसोलेसन वेड तयार गरेका हुन् ।

‘एकाएक संक्रमितको संख्या बढ्न थालेपछि हामीले आइसोलेसन निर्माण गरेका हौं, सक्दो छिटो गर्ने प्रयास थियो, केही दिन लाग्यो ।’ जिल्ला समन्वय समितिका प्रमुख एवं आइसोलेसन कोष ब्यवस्थापन समितिका संयोजक अशोककुमार गुरुङले भने, ‘प्राविधिक स्टमेट सकिएको दिनबाटै सबै काम सुरु गरेकाले छिटो सकिएको हो ।’ सिसिटिभी, कार्पेटिङ, बेड, शौचालय लगायत सबै नयाँ निर्माण गरिएको हो । औषधी र स्वास्थ्य सामग्री सहित आइसोलेसन निर्माणमा ११ वटै गाउँपालिकाले पाँच÷पाँच लाख रुपैयाँ समितिको खातामा जम्मा गर्ने र उक्त रकमबाट आइसोलेसन व्यवस्थापन गर्ने निर्णय भएको थियो ।

गोरखा अस्पतालमा रहेको २४ बेड भरिएपछि जिल्लामा अन्यत्र सुविधायुक्त आइसोलेसन नहुँदा गत बुधबार र शुक्रबार कोरोना पोजेटिभ देखिएकाहरू अझै गाउँपालिकाको क्वारेन्टिनमा छन् । ‘प्राविधिक कारणले केही समय लागेको हो, निर्माण सुरु भएको चार दिनमा हामीले तयार गरिसक्यो, शनिबार बेलुकी देखि पोजेटिभ रिपोर्ट आएकालाई ल्याएर राख्न सक्ने ब्यवस्था भएको छ’ समितिका सदस्य एवं गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ।

गोरखामा संक्रमित भेटिएका ४० मध्ये २४ जना गोरखा अस्पतालको क्वारेन्टिनमा छन् भने बाँकी गाउँपालिकाको क्वारेन्टिनमा छन् । आइसोलेसनमा ल्याएपछि उनीहरूको हेरचाहमा संम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मी सहित गोरखा अस्पतालका चिकित्सक, स्वास्थ्य कार्यालयको पनि निगरानी रहने छ । आइसोलेसन निर्माणमा नेपाली सेनाको रणसिंह दल गणले सहयोग गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -