पोखरा, आइतबार, ३२ जेठ २०७७ । गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य नर्देशनालय पोखराका अनुसार पूर्वी नवलपरासीमा २ सङ्क्रमित फेला परेका छन् ।
नवलपरासीे (बर्दघाट सुस्ता पूर्व) को देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष २३ र ३२ का २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।









































