Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:४७ बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेशले कोरोना विरुद्धको व्यवस्थापन गर्न प्रत्येक जिल्लालाई ८० लाख दिने

प्रकाशित मिति: २०७७ जेठ २६, सोमबार

1110
Shares

पोखरा, सोमबार, २६ जेठ २०७७ । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण विरुद्ध जुध्नका लागि प्रत्येक जिल्लालाई ८० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

कोरोना भाइरस विरुद्धको व्यवस्थापनका लागि भन्दै प्रदेश भित्रका ११ वटै जिल्लालाई सो रकम उपलब्ध गराउन लागेको हो । आइतबार बसेको मन्त्रिपरिषदको निर्णय भिडियो सन्देशमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम भौतिक पूर्वाधारमन्त्री राम शरण बस्नेतले यस्तो जानकारी गराउनु भएको हो ।

प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि प्रदेशको यस्तो निर्णय आएको हो । मन्त्रीपरिषद वैठकले प्रदेशको प्रवेश नाका मुग्लिनमा नयाँ प्रहरी पोस्ट स्थापनाका लागि १४ लाख रुपैया विनियोजन गरेको छ ।

तनहुँको भानु नगरपालिकाको केन्द्र सार्न संघ सरकारलाई सिफारिश गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग उपचार केन्द्र नामक संस्थालाई प्रदेश मातहत ल्याउने र गण्डकी क्षयरोग केन्द्र नामाकरण गरी सञ्चालन गर्ने निर्णय भएको समेत प्रवक्ता बस्नेत जानकारी गराउनु भयो ।

त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयबाट प्रवाह हुने सेवाका लागि अर्को जिल्ला जान नपर्ने व्यवस्था गरिएको समेत उहाँले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -