Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५८:४५ बिहान
- ADVERTISEMENT -

कोरोना सङ्क्रमण नियन्त्रणकाे लागि सीमा क्षेत्रमा सेनाको ‘होल्डिङ क्याम्प’

प्रकाशित मिति: २०७७ जेठ २२, बिहीबार

875
Shares

कपिलवस्तु, २२ जेठ २०७७ । कोरोना सङ्क्रमण नियन्त्रणकाे लागि सीमा क्षेत्रमा नेपाली सेनाको होल्डिङ क्याम्प खडा गरिएको छ । नेपाली सेनाका मेजरको कमाण्डमा २० जना सेनाहरुलाई होल्डिङ क्याम्प सञ्चालनकाे लागि खटाइएको छ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर र मर्यादपुर सीमा नाका नजिकै नेपाली सेनाले होल्डिङ क्याम्प स्थापना गरी भारतबाट आउने नेपालीहरुलाई सुरक्षित रुपमा गन्तव्यतर्फ पुर्‍याउन सहयोग सुरु गरेको हो ।

यशोधरा गाउँपालिका मर्यादपुरको सुठौलीकाे पशुपति शिक्षा मन्दिरमा होल्डिङ क्याम्प स्थापना गरिसकेको गाउँपालिका प्रमुख गिरिजेश पाण्डेयले बताउनुभयाे । कोरोना सङ्क्रमण नियन्त्रणकाे लागि सरकारले नेपाली सेनालाई सीमा क्षेत्रमा खटाएकोप्रति स्थानीयले स्वागत गरेका छन् । तर सरकारको यो कदम भने ढिलो भएको गाउँपालिका प्रमुख पाण्डेयले बताउनुभयाे ।

सेनाले सीमा नाकामा हेल्थ डेक्स स्थापना गरेको छ । भारतका विभिन्न शहरबाट आउने नेपाली नागरिकलाई हेल्प डेक्समा स्वास्थ्य जाँच गरी होल्डिङ क्याम्पसम्म सेनाले पुर्‍याउनेछ ।

भारतबाट आएकाहरुको नाम र ठेगाना सङ्कलन गरी सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरुलाई खबर गरिनेछ । होल्डङ सेन्टरमा रहनेको खानपिनको प्रबन्ध कृष्णनगरमा कृष्णनगर नगरपालिकाले र मर्यादपुरमा यशोधरा गाउँपालिकाले गरेको छ । होल्डिङ क्याम्पमा भारतबाट घर फर्केका ५० जना सम्मलाई राख्न सकिने प्रबन्ध मिलाइएको छ ।

‘सीमा क्षेत्रबाट दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु प्रवेश गर्ने बेलामा यस्तो होल्डिङ सेन्टर निर्माण गरेको भए सीमा क्षेत्रबाट आएका व्यक्तिको व्यवस्थापनमा सजिलो हुन्थ्यो’ , गाउँपालिका प्रमुख पाण्डेयले भन्नुभयाे, ‘तर ढिलै भए पनि ठिकै छ । अहिले सीमा क्षेत्रमा नेपाल भित्रनेको खासै चाप छैन ।’

कपिलवस्तुमा अहिलेसम्म तीन सय ३७ जनामा कोरोना सङ्क्रमण देखिएकोमा २० जना निको भएर घर फर्केका छन् । जिल्लाका विभिन्न पालिकाहरुले निर्माण गरेको क्वरेण्टीनमा अहिले तीन हजारभन्दा धेरै रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -