Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:३३:३० बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेशका सबै जिल्लामा रङ्गशाला बनाइदै

प्रकाशित मिति: २०७७ जेठ २०, मंगलबार

547
Shares

कास्की, २० जेठ २०७७ । सङ्घीय सरकारसँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा एक/एक वटा रङ्गशाला बनाउने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेश सभामा सरकारको आगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रङ्गशाला निर्माण गर्ने नीति लिइने जानकारी दिनुभयो ।

सरकारले प्रदेशमा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ । आउँदो फागुनमा प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय यसअघि नै गरिएको छ ।

यसअघि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ को बजेटका सिद्धान्त तथा प्राथमिकता सदनमा प्रस्तुत गर्दै आउँदो वर्ष पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिने बताउनुभएको थियो । सरकारले पालिकासँगको सहकार्यमा एक पालिका एक खेलकुद मैदान कार्यक्रमलाई आवश्यकता अनुसार निरन्तरता दिइने जनाएको छ ।

नीति तथा कार्यक्रममा प्रदेशमा खेलकुदको संस्थागत विकास गर्न आवश्यक कानुन तर्जुमा गर्ने, नेपाल सरकारसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रङ्गशाला, उच्च हवाई खेलकुद तालिम केन्द्र र क्रिकेट रङ्गशालालगायतका खेलकुद पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिने उल्लेख छ ।

सरकारले चालू वर्षमा पालिकासँगको सहकार्यमा २२ गाउँपालिका र पाँच नगरपालिकामा खेल मैदान र स्थानीयस्तरको रङ्गशाला निर्माण कार्य अघि बढाइएको जनाएको छ ।

नेपालमा आयोजना गरिएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतका आठ वटा खेल प्रदेश राजधानी पोखरामा सफलतापूर्वक सम्पन्न भएको र त्याे प्रतियोगितामा पदक विजेता यस प्रदेशका खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -