Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५०:२७ बिहान
- ADVERTISEMENT -

नवलपरासीमा थपिए तीन संक्रमित गण्डकीमा संक्रमितको संख्या २७ पुग्यो

प्रकाशित मिति: २०७७ जेठ १९, सोमबार

593
Shares

पोखरा, १९ जेठ २०७७ । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २७ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार सोमबार बिहान थप तीन जानामा संक्रमणा पुष्टि भएसँगै गण्डकी प्रदेशका ६ जिल्लामा कोभिड १९ को संक्रमित संख्या २७ पुगेकाे हाे ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्य बागलुङमा ८ जना, स्याङ्जामा ७ जना, नवलपरासीमा ९ जना, तनहुँमा १, म्याग्दीमा १ र लमजुङमा १ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित पुष्टी भएका अधिकांश विदेशबाट आएकाहरु रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयकाअनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लामा संकलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशाला तथा भरतपुर अस्पताल चितवनको प्रयोगशालामा परीक्षण गरिदै आएको छ । संक्रमित २७ जना मध्य हालसम्म तीन जना निको भएर घर फर्किएका छन् । चैत पहिलो साता बेल्जियमबाट आएका बागलुङका १९ वर्षी युवती, ६५ वर्षीय महिला र लमजुङ स्थायी घर भई काठमाडौंमा संक्रमण पुष्टी भएका तीन वर्षीय बालक निको भई घर फर्कीसकेका छन् ।

गण्डकी प्रदेशमा भारतबाट फर्कनेको संख्या बढ्दै गएपछि परीक्षणको दायरा समेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार आइतबारसम्म तीन हजार ४९३ जनाको स्वाब नमूना संकलन गरिएकोमा तीन हजार ५४ जनामा कोरोना संक्रमण नदेखिएको र ४१५ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

पछिल्लो पटक कोरोना संक्रमण पुष्टी भएका पुर्वी नवलपरासीका तीनै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार बिहान कावासोती नगरपालिका ठेगाना भई नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२ र ३६ वर्षका दुई पुरुष र विनयत्रिवेणी गाउँपालिकाको ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १४ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -