रौतहट, १७ जेठ २०७७ । नेपाली कांग्रेस प्रदेश सभा कमिटीका उपाध्यक्ष जमिरुल हकले इशनाथ नगरपालीकाका मेयर सन्तोष मेहता लगायतले आफुलाई झुठो मुद्दामा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले शुक्रवार रौतहटको इशनाथ नगरपालीका, ७ का २ जना संक्रमितलाई आइसोलेसनमा लान खोज्दा भएको झडपमा आफनो कुनै पनि संलग्नता नरहेको समेत बताएका छन् ।
विहिवार जोकहा मदर्सामा रहेको क्वारेन्टाइन भेदभाव भएको भन्दै स्थानीयले विरोध गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न हवाई फायर समेत गरेको थियो । विवादलाई समाधान गर्न सम्बन्धि वडाका अध्यक्ष लागयत अन्य अध्यक्ष हरु बिच भएकोे छलफलमा शुक्रवार (आज) कोरोना संक्रमित लाई जिल्ला उपचारको लागि पठाउने सहमति भएको थियो ।
तर उक्त सहमति विपरित इशनाथ नगरपालीकाका मेयर सन्तोष मेहता उनका भाइ मोहन मेहता र फिरोज आलमले क्वारेन्टाइनमा भइरहेको अनियमितता र भेदभावलाई लुकाउन प्रहरी पठाएर जनता माथि दमन गरेको हक ले आरोप लगाएका छन् ।
उनले उक्त घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषी उपर कडा कारवाहिको माग समेत गरेका छन् ।
शुक्रवार प्रहरी तथा स्वास्थ्यकर्मिले संक्रमितलाई जोकहामा रहेको अनवारुल इस्लामीक मदर्साको क्वारेनटाइबाट कोरोना उपचारको लागी आइसोलेशनमा लान खोज्दा झडप भएको थियो । भिड नियन्त्रण गर्न प्रहरीले १२ राउण्ड हवाई फायरिङ समेत गरेको थियो ।









































