Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:०१:०३ राति
- ADVERTISEMENT -

क्वारेन्टिन : सुत्ने व्यवस्था महानगरको, खाना स्वयंको

प्रकाशित मिति: २०७७ जेठ १०, शनिबार

701
Shares

भरतपुर, १० जेठ २०७७ । भरतपुर महानगरपालिकाका सबै वडामा कोरोना भाइरसको जोखिम हुन नदिन धमाधम क्वारेन्टिन स्थापना भइरहेको छ ।

अधिकांश वडामा क्वारेन्टिन स्थापना भइसकेका छन् भने केहीमा निर्माणको अन्तिम चरणमा रहेका छन् । सबै वडामा न्यूनतम १० श्ययाको क्वारेन्टिन स्थापना गरिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिनुभयो । उहाँले महानगरपालिकाको निर्देशनअनुसार २० बढी वडामा क्यारेन्टिन स्थापना भइसकेको बताउनुभयो ।

“हरेक क्वारेन्टिनमा सामाजिक दूरी कायम हुने गरी श्यया राखिएको छ”, उहाँले भन्नुभयो, “महानगरले सुत्ने व्यवस्था गरेको छ, खानाको व्यवस्था स्वयं व्यक्तिले गर्नुपर्नेछ ।” उनले परिवार नभएकाहरुको हकमा भने सबै व्यवस्था महानगरले गर्ने बताए । विशेष गरेर भारतबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको बताउनु भयो । महानगरमा पहिलो चरणमा २ सय ९० श्ययाको क्वारेन्टिन निर्माण हुने र आवश्यकताका आधारमा बढाउँदै लैजाने उनले जानकारी दिनुभयो ।

त्यसैगरी, वडा नं ६ स्थित केशरबागमा शुक्रबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरपालिकाले थप सतर्कता अपनाएको छ । आफ्नै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या देखिइसकेपछि थप नगरवासीमा सङ्क्रमण देखिन नदिन महानगरले शुक्रबारदेखि नै थप सतर्कता अपनाउँदै लकडाउन अवधिभर घरभित्रै बसिदिन महानगरले महानगरवासीलाई आग्रह गरेको छ । सङ्क्रमणको जोखिम झन् बढ्दै गएकाले सबैले धैर्यताका साथ घरभित्रै बसेर सहयोग गरिदिन महानगरले सूचना जारी गरेको छ ।

पसल तथा व्यवसाय गर्नेहरुले पनि स्थानीय प्रशासनले तोकेको निश्चित समयसम्म मात्रै सञ्चालन गर्न महानगर प्रमुख रेनु दाहालले आग्रह गर्नुभयो । शुक्रबार थप दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि चितवनमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -