नुवाकोट, ३ जेठ २०७७ । नेपाली काङग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक समाग्री ओखलढुङ्गा जिल्लामा सहयोग गर्नुभएको छ ।
पत्रकारहरुको लागि प्रेश ज्याकेट, स्वास्थ्यकर्मीको लागि पिपिइ सेट, स्यानिटाइजर लगायतको स्वास्थ्य समाग्री पुर्व साम्सद रामहरी खतिवडा मार्फत पठाइएको उहाले बताउनुभएको छ ।
१५ जना पत्रकारलाई प्रेस ज्याकेट, स्वास्थ्यकर्मीको लागि ३० थान पिपिइ, १० लिटर स्यानिटाइजर र स्थानिय तहको लागि औषधी छर्ने स्प्रे मेसिन बितरण गरिएको सांसद लामाले बताउनुभएको छ ।
साथै, नुवाकोटको सबै स्थानिय तहलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गर्ने योजना रहेको उहाले बताउनुभएको छ ।









































