गोरखा, ३१ बैशाख २०७६ । गोरखाको प्रमुख प्रवेशद्धार मझुवा देउरालीमा सेना परिचालन गरिने भएको छ ।
देशका विभिन्न ठाउँमा कोरोना संक्रमणदर बढेपछि गोरखामा विशेष सर्तकता अपनाइएको छ ।
अत्यावश्यक बाहेकका सबै सेवा ठप्प गर्ने निर्णय गरेको केही घण्टा नबित्दै जिल्लाका प्रमुख प्रवेशद्धारमा कडाई गर्ने निर्णय भएको छ । जेठ १ गतेबाट विद्यमान लकडाउनको अबधी भर जिल्ला भित्रिने प्रमुख प्रवेशद्धार मझुवा देउरालीमा नेपाली सेना परिचान हुने भएको छ । यस अघि त्यहाँ नेपाली प्रहरीले सुरक्षा चेकजाँच गर्दै आएको थियो ।
अब भने दुई वटै सुरक्षा निकायले कडाई गर्ने बताइएको छ । ‘गृह मन्त्रालयको निर्देशन, सर्वपक्षिय बैठकको सुझाव र कोडिभ १९ संकट व्यवस्था केन्द्रको निर्देशन अनुसार जिल्ला सुरक्षा समिति मुख्य नाकाहरुमा विभिन्न सुरक्षा निकाय खटाउने निर्णय गरेको छ,’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले भन्नुभयो, ‘भोलिबाट जिल्ला भित्रिने र बाहिरिने दुबैमा कुरामा थप कडाई हुन्छ ।’ उहाँले भन्नुभयो ।









































